शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेपालगन्ज र दाङमा गल्फ लुब्रिकेन्टको उच्चस्तरीय सोरुम सञ्चालनमा 

आइतबार, फागुन १५ २०७८
नेपालगन्ज र दाङमा गल्फ लुब्रिकेन्टको उच्चस्तरीय सोरुम सञ्चालनमा 

ग्राहकलाइ उच्च सेवा प्रधान गर्न यी दुई नयाँ सोरुम सञ्चालनमा आएको हो।

काठमाडौं- नेपालमा ३८ वर्ष बिक्री हुँदै आएको गल्फ लुब्रिकेन्टको दुई सोरुम सञ्चालनमा आएको छ। विश्व प्रख्यात र सार्वाधिक बिक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्टको उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेड हो। 

नेपाल ल्युब आयल लिमिटेडले नेपालगन्जमा आफ्नो आधिकारक बिक्रेता रवि ट्रेडर्स र दाङमा मध्य पश्चिम सप्लायर्सको नयाँ सोरुम उद्घाटन गरेको हो। ग्राहकलाइ उच्च सेवा प्रधान गर्न यी दुई नयाँ सोरुम सञ्चालनमा आएको हो।

सो सोरुमको उद्घाटन नेपाल ल्युब आयल लिमिटेडका अध्यक्ष अरुण चौधरीले गरेका हुन्। ‘गल्फ ब्रान्ड अन्तर्रास्ट्रिय ब्रान्ड हो जुन उच्च गुणस्तरको लागि प्रख्यात छ। नेपाली बजारमा गल्फ सर्वाधिक बिक्रि हुने लुब्रिकेन्ट ब्रान्ड हो,’ चौधरीले भने, ‘दाङ र नेपालगञ्ज क्षेत्रका उपभोक्तालाई लक्षित गरेर दुई सोरुम सञ्चालनमा ल्याइएको हो।’ 

नेपाली उपभोक्तालाई गुणस्तरीय लुब्रिकेन्ट उपलब्ध गराउन नेपाल ल्युब आयल प्रतिवद्ध रहेको कम्पनीका महाप्रबन्धक गंगाराज भट्टराइले बताए।  ‘यो नयाँ उच्चस्तरीय सोरुमहरुबाट हामीले सबै गल्फ ब्रान्डको उत्पादकहरु ग्राहक माज उपलब्द गराउने छौं र ग्राहकले पनि उच्चस्तरीय लुब्रिकेन्ट प्रयोग गर्न पाउने छन्,’ उनले भने, ‘नेपाल ल्युब आयल लिमिटेड गुणस्तरीय उत्पादन सँधै उपभोक्तामाझ उपलब्ध गराउन प्रतिवद्ध छ।’ 

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि औद्योगिक क्षेत्रमा समेत आफ्नो उत्पादन उपलब्ध गराउँदै आएको छ। 


प्रकाशित : आइतबार, फागुन १५ २०७८०६:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend