बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

ललितपुरमा आज मध्यराति १२ बजेसम्म बढाइयो कर्फ्यू

मंगलबार, भदौ २४ २०८२
ललितपुरमा आज मध्यराति १२ बजेसम्म बढाइयो कर्फ्यू

ललितपुरमा जारी कर्फ्यू आज मध्यराति १२ बजेसम्मका लागि बढाइएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहान ७ बजेदेखि लागू हुने गरी रातिसम्म कर्फ्यू कायम रहने आदेश दिएको हो।

काठमाडौं- ललितपुरमा जारी कर्फ्यू आज मध्यराति १२ बजेसम्मका लागि बढाइएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहान ७ बजेदेखि लागू हुने गरी रातिसम्म कर्फ्यू कायम रहने आदेश दिएको हो।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार ललितपुर महानगरपालिका वडा नम्बर २, ४, ९, १८ र २५ भित्रका क्षेत्रलाई चार किल्ला तोकेर निषेधाज्ञा जारी गरिएको छ।

भैंसेपाटी, सानेपा र च्यासल आसपासका क्षेत्रमा कर्फ्यू लागू गरिएको छ। तोकिएका क्षेत्रमा भेला, जुलुस, प्रदर्शन, सभा वा बैठक गर्न पूर्ण प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ।

यसअघि सोमबारदेखि लागू भएको कर्फ्यू आज थप गर्दै मध्यरातिसम्म लम्ब्याइएको हो।


प्रकाशित : मंगलबार, भदौ २४ २०८२०७:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend