बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

संयुक्त राष्ट्र मानवअधिकार कार्यालयको माग : जेन-जी आन्दोलनमा दमनबारे तत्काल छानबिन होस्

मंगलबार, भदौ २४ २०८२
संयुक्त राष्ट्र मानवअधिकार कार्यालयको माग : जेन-जी आन्दोलनमा दमनबारे तत्काल छानबिन होस्

जेन-जीको आन्दोलनमा युवामाथि भएको दमनका कारण मृत्यु र घाइतेको घटना सार्वजनिक भएपछि संयुक्त राष्ट्रसंघ (यूएन) को मानवअधिकार कार्यालयले गहिरो चिन्ता व्यक्त गर्दै तत्काल छानबिन गर्न माग गरेको छ।

काठमाडौं- जेन-जीको आन्दोलनमा युवामाथि भएको दमनका कारण मृत्यु र घाइतेको घटना सार्वजनिक भएपछि संयुक्त राष्ट्रसंघ (यूएन) को मानवअधिकार कार्यालयले गहिरो चिन्ता व्यक्त गर्दै तत्काल छानबिन गर्न माग गरेको छ।

यूएनकी प्रवक्ता रभिना शामदासनीले सोमबार एक भिडियो नोटमार्फत नेपालमा भइरहेको आन्दोलनमा प्रहरीद्वारा गरिएका कार्यप्रति चिन्ता व्यक्त गरेकी हुन्। उनले घटनाबारे निष्पक्ष छानबिन आवश्यक रहेको स्पष्ट गर्दै पीडितलाई न्याय दिन आग्रह गरेकी छिन्।

ओएचसीआरले प्राप्त गरेका उजुरीअनुसार भ्रष्टाचारविरुद्ध र सरकारले ल्याएको सामाजिक सञ्जाल नियन्त्रणसम्बन्धी कदमविरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा प्रहरीले ‘बेसिक सुरक्षा प्रोटोकल’ पालना नगरेको आरोप लगाइएको छ।

शामदासनीद्वारा जारी भिडियो नोटमा भनिएको छ—
‘भ्रष्टाचार र सरकारले हालै गरेको सामाजिक सञ्जालमा प्रतिबन्धको विरुद्धमा युवा संगठनहरूले आयोजना गरेका प्रदर्शनका क्रममा सुरक्षा बलहरूले अनावश्यक वा असमानुपातिक बल प्रयोग गरेको धेरै चिन्ताजनक आरोपहरू हामीले प्राप्त गरेका छौं। हामी अधिकारीहरूलाई शान्तिपूर्ण भेला हुने र अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई सम्मान गर्न र सुनिश्चित गर्न आग्रह गर्दछौं।’

यूएन मानवअधिकार कार्यालयले घटनाबारे अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्डअनुसार छानबिन गरेर दोषीमाथि कारबाही गर्न पनि नेपाल सरकारलाई आह्वान गरेको छ।


प्रकाशित : मंगलबार, भदौ २४ २०८२०७:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend