बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

सात देशका दूतावासको संयुक्त वक्तव्य : जेनजीमाथि दमनप्रति अन्तर्राष्ट्रिय चिन्ता व्यक्त

मंगलबार, भदौ २४ २०८२
सात देशका दूतावासको संयुक्त वक्तव्य : जेनजीमाथि दमनप्रति अन्तर्राष्ट्रिय चिन्ता व्यक्त

अमेरिका, बेलायत, जापान, अष्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स र दक्षिण कोरियाका दूतावासले सोमबार अबेर संयुक्त वक्तव्य जारी गर्दै घटनाप्रति चिन्ता व्यक्त गरेका हुन्।

काठमाडौं- भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको नियन्त्रणविरुद्ध आन्दोलनमा उत्रिएका जेनजी पुस्तामाथि सरकारले गरेको दमनप्रति अन्तर्राष्ट्रिय चासो बढेको छ।

सोमबार काठमाडौं, पोखरा, विराटनगर, बुटवल, इटहरीलगायत देशका विभिन्न भागमा भएको प्रदर्शनलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गरेको बल प्रयोगप्रति सात देशका नेपालस्थित दूतावासले ध्यानाकर्षण गराएका छन्।

अमेरिका, बेलायत, जापान, अष्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स र दक्षिण कोरियाका दूतावासले सोमबार अबेर संयुक्त वक्तव्य जारी गर्दै घटनाप्रति चिन्ता व्यक्त गरेका हुन्।

संयुक्त वक्तव्यमा भनिएको छ,

‘हामी काठमाडौं तथा नेपालका अन्य स्थानमा देखिएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछौं। यी घटनाका कारण ज्यान गुमाउने दुःखद अवस्था उत्पन्न भएको र कैयौं घाइते भएकामा हामी संवेदनशील भएका छौं। पीडित परिवारजन र प्रभावित व्यक्तिप्रति हार्दिक समवेदना प्रकट गर्दछौं। साथै, घाइते सबैलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।’

वक्तव्यमार्फत सात देशले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन दोहोर्याएका छन्।
‘हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौं,’ वक्तव्यमा भनिएको छ।


प्रकाशित : मंगलबार, भदौ २४ २०८२०७:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend