बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

ललितपुरमा पनि लगाइयो कर्फ्यू, यी ठाउँमा आवतजावत र भीडभाड निषेध

सोमबार, भदौ २३ २०८२
ललितपुरमा पनि लगाइयो कर्फ्यू, यी ठाउँमा आवतजावत र भीडभाड निषेध

काठमाडौं उपत्यकामा जारी आन्दोलन उग्र बन्दैगएपछि ललितपुरमा समेत  कर्फ्यूआदेश जारी गरिएको छ।

ललितपुर- काठमाडौं उपत्यकामा जारी आन्दोलन उग्र बन्दैगएपछि ललितपुरमा समेत  कर्फ्यूआदेश जारी गरिएको छ। हिंसात्मक गतिविधि र तोडफोड बढेपछि सार्वजनिक शान्ति र सुरक्षालाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारीले  कर्फ्यूआदेश जारी गरेका हुन्।

जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम भदौ २३ गते साँझ ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि ललितपुरका संवेदनशील क्षेत्रहरूमा कर्फ्यु लागू गरिएको प्रशासनले जनाएको छ।

कर्फ्यु अवधिमा सर्वसाधारणलाई घरबाहिर निस्कन, भीडभाड गर्ने, सभा–जुलुस गर्ने वा कुनै पनि किसिमका गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ। आदेश उल्लंघन गर्नेहरूमाथि कानुनअनुसार कारबाही हुने चेतावनी प्रशासनले दिएको छ।

lalitpur.jpg
undefined


प्रकाशित : सोमबार, भदौ २३ २०८२१८:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend