बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

भैरहवा र बुटवलमा पनि निषेधाज्ञा

सोमबार, भदौ २३ २०८२
भैरहवा र बुटवलमा पनि निषेधाज्ञा

निषेधाज्ञा लगाइएको क्षेत्रमा कुनै पनि प्रकारको आवतजावत, भेला, जुलुस प्रदर्शन, बैठक, घेराउ गर्न प्रतिबन्ध लगाइएको छ।

भैरहवा- जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यहाँको भैरहवा र बुटवलमा निषेधाज्ञा आदेश जारी गरेको छ। आज अपराह्न ४ बजेदेखि रातिको १० बजेसम्म निषेधाज्ञा जारी गरिएको हो।

जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि भैरहवाको पूर्वमा रोहिणी खोला पुल, पश्चिममा बेथरी पुल, उत्तरमा बुद्धचोक र दक्षिणमा मेउडिहवासम्म निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेद्वारा जारी आदेशमा उल्लेख छ।

यसैगरी, बुटवलमा पूर्वतर्फ पेट्रोलपम्प धागो कारखाना, पश्चिममा बेलबास चोक, उत्तरमा चिडिया खोला र दक्षिणमा मंगलापुर तथा बुटवल भैरहवा सडकको दाँयाबाँया १०० मिटरसम्म निषेधाज्ञा लगाइएको आदेशमा उल्लेख छ।

उल्लेखित निषेधाज्ञा लगाइएको क्षेत्रमा कुनै पनि प्रकारको आवतजावत, भेला, जुलुस प्रदर्शन, बैठक, घेराउ गर्न प्रतिबन्ध लगाइएको छ। रासस


प्रकाशित : सोमबार, भदौ २३ २०८२१७:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend