शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

बैंकको एटीएम फोर्दै गर्दा एक पक्राउ 

आइतबार, फागुन १५ २०७८
बैंकको एटीएम फोर्दै गर्दा एक पक्राउ 

काठमाडौं- नगद चोरी गर्नका लागि बैंकको एटीएम फोर्दै गर्दा एक जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका-१ नक्साल भगबतीबहालस्थित सगरमाथा इन्स्युरेन्स भबनमा रहेको एनआईसी एसिया बैंकको एटीएमबाट नगद चोरी गर्न एटीएम फोर्दै गरेको अवस्थामा सानोगौचरण बस्ने काभ्रे धुलिखेल नगरपालिका-७ घर भएका २१ वर्षीय आकाश तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले आकाशलाई एटीएम फोर्न प्रयोग गर्ने औजारसहित फेला पारी पक्राउ गरेको हो।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।  


प्रकाशित : आइतबार, फागुन १५ २०७८०६:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend