बिहीबार , असार २५ गते २०८३    
बिहीबार , असार २५ २०८३

जेनजी प्रदर्शन : १४ जनाको मृत्यु, घाइतेहरुको विभिन्न अस्पतालमा उपचार हुँदै

सोमबार, भदौ २३ २०८२
जेनजी प्रदर्शन : १४ जनाको मृत्यु, घाइतेहरुको विभिन्न अस्पतालमा उपचार हुँदै

उपचाररत घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ।

काठमाडौं- काठमाडौं उपत्यकामा आज ‘जेनजी’को प्रदर्शनका क्रममा घाइते भइ विभिन्न अस्पतालमा उपचाररत १४ प्रदर्शनकारीको मृत्यु भएको छ। 

यसैगरी, विभिन्न अस्पतालमा १०० जनाभन्दा बढी घाइते प्रदर्शनकारीहरूको उपचार भइरहेको छ। ट्रमा सेन्टरमा उपचाररत ६ प्रदर्शनकारीको मृत्यु भएको छ। यसैगरी, २५ जना घाइतेको उपचार भइरहेको ट्रमा सेन्टरले जनाएको छ। उनीहरूमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको छ।

सिभिल अस्पतालका अनुसार उपचाररत घाइते प्रदर्शनकारीमध्ये हालसम्म तीन जनाको मृत्यु भएको छ। काठमाडौं मेडिकल कलेजमा उपचाररत २० घाइतेमध्ये एकको मृत्यु भएको छ। एभरेष्ट हस्पिटलमा ३४ जना उपचारत भने तीनको मृत्यु भएको छ। शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एकको मृत्यु भएको छ। त्यहाँ घाइते १६ जनाको उपचार भइरहेको छ।

उपचाररत घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ। जेनजी प्रदर्शनमा भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए। रासस


प्रकाशित : सोमबार, भदौ २३ २०८२१६:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend