बिहीबार , असार २५ गते २०८३    
बिहीबार , असार २५ २०८३

जेनजी प्रदर्शनले उग्र रूप लिएपछि प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

सोमबार, भदौ २३ २०८२
जेनजी प्रदर्शनले उग्र रूप लिएपछि प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

एक मन्त्रीका अनुसार बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

भ्रष्टाचारविरुद्धको जेनजी प्रदर्शनले उग्र रूप लिएपछि प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन्। एक मन्त्रीका अनुसार बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।

यसैबीच, काठमाडौंमा जारी जेनजीहरूको प्रदर्शन थप चर्कँदै गएको छ।

प्रदर्शनका क्रममा हालसम्म कम्तीमा ६ जनाको मृत्यु भइसकेको प्रहरीले पुष्टि गरेको छ। अझै पनि प्रदर्शन जारी रहेको र परिस्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ।

काठमाडौंका मुख्य क्षेत्रमा १ बजेदखि कर्फ्यु आदेश जारी भएपनि आन्दोलनकारीले प्रर्दशनस्थल छाडेका छैनन्।


प्रकाशित : सोमबार, भदौ २३ २०८२१५:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend