बिहीबार , असार २५ गते २०८३    
बिहीबार , असार २५ २०८३

प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएपछि अश्रु ग्यास र हवाई फायर

सोमबार, भदौ २३ २०८२
प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएपछि अश्रु ग्यास र हवाई फायर

आज बिहान माइतीघर मण्डलबाट सुरु भएको प्रदर्शन बिजुलीबजार पुलसम्म शान्तिपूर्ण रूपमा पुगे पनि निषेधित क्षेत्र तोडी नयाँ बानेश्वर पुगेको थियो।

काठमाडौं- नयाँ बानेश्वर केन्द्रित ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएपछि अवस्था नियन्त्रणमा लिनका नेपाल प्रहरीले अश्रु ग्यास र हवाई फायर गरेको छ।

आज बिहान माइतीघर मण्डलबाट सुरु भएको प्रदर्शन बिजुलीबजार पुलसम्म शान्तिपूर्ण रूपमा पुगे पनि निषेधित क्षेत्र तोडी नयाँ बानेश्वर पुगेको थियो।

नयाँ बानेश्वरमा प्रदर्शनकारीले संसद् भवन परिसरमा प्रवेश गर्ने क्रममा प्रहरीसँग झडप भएको थियो। प्रदर्शनकारीले संसद् भवनको पर्खाल तोडफोड र प्रहरी बिटमा आजगनी गरेका थिए।

प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ राउण्ड अश्रु ग्यास र हवाई फायर गरेको थियो। रासस

प्रकाशित : सोमबार, भदौ २३ २०८२१३:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend