शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

एमसीसी आज पास हुँदै

आइतबार, फागुन १५ २०७८
एमसीसी आज पास हुँदै

काठमाडौं- सत्ता गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट आजै पारित गर्ने निर्णय भएको छ।

बालुवाटारमा आइतबार बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले प्रतिनिधि सभाका दुईवटा बैठक राखेर आजै एमसीसी पारित गर्ने निर्णय गरेका हुन्।

एमसीसी व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय भएको बैठकमा सहभागी कांग्रेसका नेता रामचन्द्र पौडेलले बताएका छन्। 

नेकपा माओवादी केन्द्रले पनि सत्तारुढ गठबन्धनलाई कायम राख्दै एमसीसी सम्झौतालाई निष्कर्षमा पुर्‍याउने सहमति गरिसकेको छ। आजै बिहान बसेको माओवादी केन्द्रको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो।

एमसीसी सम्झौता यही फागुन ८ गते प्रतिनिधिसभामा प्रस्तुत भएको थियो। सम्झौतालाई यही फागुन १६ गतेभित्र अनुमोदन हुने/नहुने निधो गर्न अमेरिकी सरकारले समयसीमा दिएको छ।

नेपालको ऊर्जा तथा यातायात क्षेत्रको विकासका लागि एमसीसीले करिब ५५ अर्ब रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने छ। त्यसमा नेपाल सरकारका तर्फबाट करिब १४ अर्ब रुपैयाँ बराबरको लगानी हुनेछ। उक्त अनुदान सहायता आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने, विद्युत प्रसारण लाइन निर्माणमा र सडक मर्मतमा खर्च हुने तथा नेपालको दिगो विकासमा सहयोग गर्नेछ।


प्रकाशित : आइतबार, फागुन १५ २०७८०५:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend