बिहीबार , असार २५ गते २०८३    
बिहीबार , असार २५ २०८३

उपत्यकामा सुरक्षा व्यवस्था कडा, ड्रोनबाट निगरानी

सोमबार, भदौ २३ २०८२
उपत्यकामा सुरक्षा व्यवस्था कडा, ड्रोनबाट निगरानी

अवाञ्छित गतिविधि हुनसक्ने कुरालाई ध्यानमा राखेर ड्रोनबाट समेत निगरानी भइरहेको छ।

काठमाडौं- काठमाडौं उपत्यकाका तीनै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ।

‘जेनजी’ पुस्ताको प्रदर्शनको चर्चाका बीच आइतबारदेखि आवश्यक सुरक्षा प्रबन्ध गरिएको र सोही अनुसार बिहानदेखि सुरक्षाकर्मी आवश्यकताका आधारमा परिचालन भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिए।

उनका अनुसार अवाञ्छित गतिविधि हुनसक्ने कुरालाई ध्यानमा राखेर ड्रोनबाट समेत निगरानी भइरहेको छ। 'यसले एउटा ‘रेकर्डेट’ पनि हुन्छ र कुनै घटना भइहालेमा पनि त्यसलाई नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सकिन्छ भनेर ड्रोनबाट निगरानी गरिरहेका छौँ, अन्य सबै क्षेत्रमा आवश्यताका आधारमा सुरक्षा टोली परिचालन भएको छ', प्रजिअ रिजालले भने।

अहिले काठमाडौंको माइतीघरमा जेनजी पुस्ताका नाममा केही मानिस भेला भएको जानकारी आएको बताउँदै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले तीनै जिल्लामा आवश्यकताका आधारमा उचित सुरक्षा प्रबन्ध रहेको बताए। 

प्रवक्ता खनालले भने, 'हामीले सुरक्षा योजना बनाएर नै परिचालन गरेका छौँ, सबै लाग्ने ड्यूटी खटाइसकेका छौँ, कमान्ड पोष्ट परिचालन भइसकेको छ।'

सामाजिक सञ्जालमा लगाइएको रोकलगायत विरुद्ध भन्दै जेनजी पुस्ताले आज उपत्यकामा प्रदर्शन गर्ने कार्यक्रम रहेको भनेर प्रचार भएपछि उपत्यकामा सुरक्षा निगरानी बढाइएको हो। रासस


प्रकाशित : सोमबार, भदौ २३ २०८२१२:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend