बिहीबार , असार २५ गते २०८३    
बिहीबार , असार २५ २०८३

पशुपति आइरन एन्ड स्टिलले नौ महिनामा गर्‍यो २ अर्ब ३६ करोड रूपैयाँबराबरको व्यापार

सोमबार, भदौ २३ २०८२
पशुपति आइरन एन्ड स्टिलले नौ महिनामा गर्‍यो २ अर्ब ३६ करोड रूपैयाँबराबरको व्यापार

सुनसरीमा रहेको यस उद्योगले वार्षिक १ लाख १० हजार मेट्रिकटन डण्डी उत्पादन गर्ने क्षमता राख्छ।

काठमाडौं- उद्योगी पशुपति मुरारकाको लगानी रहेको पशुपति आइरन एन्ड स्टिलको व्यापार वृद्धि भएको छ। कम्पनीले गत आर्थिक वर्षको नौ महिनामा २ अर्ब ३६ करोड २० लाख रूपैयाँ बराबरको व्यापार गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशत बढी हो।

कम्पनीले सन् २०२४ मा २ अर्ब ७८ करोड ७० लाख रूपैयाँको व्यापार गरेको थियो। त्यस्तै सन् २०२३ मा ४ अर्ब ६८ करोड ५० लाख रूपैयाँ, सन् २०२२ मा ४ अर्ब २० करोड २० लाख रूपैयाँ र सन् २०२१ मा २ अर्ब १९ करोड ९० लाख रूपैयाँ बराबरको व्यापार गरेको थियो।

सन् १९८३ मा स्थापना भएको यो कम्पनीमा मुरारका समूहको स्वामित्व छ। सुनसरीमा रहेको यस उद्योगले वार्षिक १ लाख १० हजार मेट्रिकटन डण्डी उत्पादन गर्ने क्षमता राख्छ। कम्पनीले उत्पादन हुने डण्डीलाई ‘पशुपति’ ब्रान्डमा बिक्री गर्दै आएको छ। सन् २०२१ सुरु नहुँदै कम्पनीले मेल्टिङ फर्नेस सञ्चालनमा ल्याएको थियो। जसबाट उत्पादन क्षमता ६७ हजार ५०० मेट्रिकटनबाट वृद्धि भएको हो।

कम्पनीको चुक्ता पुँजी ८ करोड रूपैयाँ रहेको छ। रेटिङ निकायका अनुसार पशुपति आइरन एन्ड स्टिलको व्यापारमा कर्जा निर्भरता उच्च छ। चालु पुँजी कुल आम्दानीको ६२ प्रतिशत पुगेको छ भने कुल कर्जा सञ्चालन नाफाको १७ गुणा बढी रहेको देखिन्छ। भारतीय सीमानजिक भएको उद्योगलाई पूर्वको बजारमा वितरण र कच्चा पदार्थ ढुवानीमा लाभ पुगेको छ।

तर कम्पनीको ऋण भुक्तानी क्षमता भने कमजोर देखिएको छ। प्रचलित मान्यताअनुसार कर्जाको किस्ता रकम र सञ्चालन नाफाको अनुपात २ भन्दा राम्रो मानिए तापनि यस कम्पनीको अनुपात १ दशमलव ५ मात्र छ। यद्यपि, पछिल्ला वर्षमा निरन्तर बढ्दो व्यापारका कारण ऋण तिर्ने क्षमता सुधार हुने अपेक्षा गरिएको छ।

कम्पनीले अल्पकालीन कर्जाका लागि २ अर्ब ४० करोड रूपैयाँ बराबरको रेटिङ गराएको छ। यसअघि रहेको रेटिङ भन्दा यसपालि एक तह खस्किएको देखिन्छ।


प्रकाशित : सोमबार, भदौ २३ २०८२११:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend