बिहीबार , असार २५ गते २०८३    
बिहीबार , असार २५ २०८३

यसवर्षको पहिलो खग्रास चन्द्रग्रहण साढे तीन घण्टा देखियो

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २३ २०८२
यसवर्षको पहिलो खग्रास चन्द्रग्रहण साढे तीन घण्टा देखियो

पृथ्वीले सूर्यलाई पूर्णरुपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था नै खग्रास चन्द्रग्रहण हो। पृथ्वी, सूर्य र चन्द्रमा एउटै सूत्रमा पर्दा पृथ्वीको छाया चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो।

काठमाडौं- भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लागेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार  ग्रहणले आइतबार राति १० बजेर ११ मिनेटमा स्पर्श गरेको थियो। राति ११ः५६ मा चन्द्रग्रहणको मध्य भएको थियो भने राति ०१ः४१ बजे ग्रहण सकिएको थियो। 

समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले साढे तीन घण्टा काठमाडौंबाट चन्द्रग्रहण देखिएको जानकारी दिए।  नेपालमा पूर्व र आग्नेयका बीचबाट चन्द्रग्रहणले १०ः११ बजे स्पर्श गरेको र नैऋत्य र पश्चिमबाट राति ०१ः४१ बजे अन्त्य भएको पनि उनले बताए।

पृथ्वीले सूर्यलाई पूर्णरुपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था नै खग्रास चन्द्रग्रहण हो। पृथ्वी, सूर्य र चन्द्रमा एउटै सूत्रमा पर्दा पृथ्वीको छाया चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो।

यो ग्रहण नेपालबाट देखिने विसं २०८२ को पहिलो ग्रहण हो। यसैवर्ष आगामी फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ। चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ। रासस

प्रकाशित : सोमबार, भदौ २३ २०८२०९:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend