शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

७ महिनामा १ अर्बभन्दा बढीको केरा आयात, भन्सार बढाउन व्यवसायीको माग

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन १४ २०७८
७ महिनामा १ अर्बभन्दा बढीको केरा आयात, भन्सार बढाउन व्यवसायीको माग

काठमाडौं- नेपालले चालु आर्थिक वर्षको साउनदेखि माघसम्म १ अर्ब ५ करोड ७३ लाख रुपैयाँ बराबरको केरा आयात गरेको छ। ७ महिनामा नेपालले भारत र इन्डोनेसियाबाट कुल ३ करोड २२ लाख ३४ हजार केजी केरा आयात गरेको हो।

जसमा भातरबाट मात्रै ७ महिनामा १ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको ३ करोड २२ लाख ३३ हजार केजी केरा आयात भएको छ। केरा आयातबाट सरकारले ९ करोड ५० लाख रुपैयाँ भन्सार राजस्व समेत संकलन गरेको छ।

तर नेपाली केराले बजार नपाउँदा केरा खेती गर्दै आएका किसान भने चिन्तित छन्। नेपालमा उत्पादन भएको केराले बजार पाएको अवस्थामा आयात घट्ने व्यवसायीको भनाइ छ।

साथै नेपाली केराले बजार पाउनका लागि केरामा लगाउँदै आएको भन्सार शुल्क बढाउनु पर्ने व्यवसायीको भनाइ छ।


प्रकाशित : शनिबार, फागुन १४ २०७८१३:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend