बिहीबार , असार २५ गते २०८३    
बिहीबार , असार २५ २०८३

नेपाल आर्थिक पत्रकार समाजको अध्यक्षमा भागवत भट्टराई निर्वाचित

शनिबार, भदौ २१ २०८२
नेपाल आर्थिक पत्रकार समाजको अध्यक्षमा भागवत भट्टराई निर्वाचित

काठमाडौं- नेपाल आर्थिक पत्रकार समाजको अध्यक्षमा भागवत भट्टराई निर्वाचित भएका छन्। 

नेपाल आर्थिक पत्रकार समाजको २७ औँ साधरणसभाले भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। 

शनिबार भएको मतदानमा भट्टराई ११० मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी विश्वास रेग्मीले ९२ मत र आशा थपलियाले ४१ मत ल्याए।

यस्तै महासचिवमा कमल बस्नेत र कोषाध्यक्षमा केशु लामिछाने विजयी भए। 

सदस्यहरूमा अर्जुन तामाङ, कमल धिताल, भोजराज भण्डारी, राजु बाँस्कोटा र सीमा तामाङ विजयी भए। 

साथै यसअघि नै उपाध्यक्षमा जीवन बस्नेत र सचिवमा शंकर पण्डित निर्विरोध निर्वाचित भएका थिए। 


प्रकाशित : शनिबार, भदौ २१ २०८२१९:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend