बिहीबार , असार २५ गते २०८३    
बिहीबार , असार २५ २०८३

सामुदायिक वनबाट ५ लाख ८२ हजार परिवार लाभान्वित

शनिबार, भदौ २१ २०८२
सामुदायिक वनबाट ५ लाख ८२ हजार परिवार लाभान्वित

कोशी प्रदेशमा निजी र धार्मिक वनको क्षेत्रफल न्यून छ। प्रदेशका १३७ पालिकामा तीन हजार ७२१ वटा सामुदायिक वन छन्।

झापा- कोशी प्रदेशमा कुल वन क्षेत्रको ७१ प्रतिशत भाग समुदायद्वारा संरक्षित सामुदायिक वनको अधीनमा रहेको तथा त्यसबाट पाँच लाख ८२ हजार ६४९ परिवार लाभान्वित भएका छन्।

प्रदेशको ६ लाख ५७ हजार ४२१ हेक्टर क्षेत्रफल वनमध्ये चार लाख ६७ हजार ७९ हेक्टर सामुदायिक वनले ओगटेको धरानस्थित कोशी प्रादेशिक वन निर्देशनालयका सहायक वन अधिकृत सुशान्त पोखरेलले जानकारी दिए।

देशको वन क्षेत्रलाई सञ्चालनका आधारमा सामुदायिक, कबुलियत, निजी, धार्मिक, साझेदारी  र सरकारद्वारा व्यवस्थित वन गरी ६ भागमा वर्गीकरण गरिएको छ। कोशी प्रदेशमा निजी र धार्मिक वनको क्षेत्रफल न्यून छ। प्रदेशका १३७ पालिकामा तीन हजार ७२१ वटा सामुदायिक वन छन्।

प्रदेशमा चार हजार २३७ हेक्टर क्षेत्रफल ओगटेको ९८२ वटा कबुलियत वन, दुई हजार ८९ हेक्टर क्षेत्रफल ओगटेको दुई हजार ८७ वटा निजी वन, ४९५ हेक्टर क्षेत्रफल ओगटेको ५४ वटा धार्मिक वन र सात हजार ३१२ हेक्टर क्षेत्रफल ओगटेका चारवटा साझेदारी वन छन्।

कबुलियत वनमा आठ हजार ८३८, निजीमा दुई हजार ८७, धार्मिकमा ५४ वटा धार्मिक संस्था र साझेदारीमा एक लाख ६३ हजार ७८० परिवार आबद्ध छन्। प्रदेशका सामुदायिक वनमध्ये ४९ वटाले पर्यापर्यटन गतिविधि सञ्चालन गर्दै आएका छन्। रासस


प्रकाशित : शनिबार, भदौ २१ २०८२१६:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend