बिहीबार , असार २५ गते २०८३    
बिहीबार , असार २५ २०८३

बाढीपहिरोले १२ राजमार्ग अवरुद्ध, १६० सडक एकतर्फी सञ्चालन

शनिबार, भदौ २१ २०८२
बाढीपहिरोले १२ राजमार्ग अवरुद्ध, १६० सडक एकतर्फी सञ्चालन

विभागका अनुसार सडक निर्माणको कार्य भइरहेकोले काठमाण्डौं-धुलीखेल-दोलालघाट-खाडीचौर-कोदारी (अरनिको राजमार्ग) पनि अवरुद्ध छ।

काठमाडौं- बाढीपहिरोका कारण मुलुकभरका १२ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् भने १६० राजमार्ग एकतर्फी सञ्चालनमा रहेका सडक विभागले जनाएको छ।

विभागका अनुसार ठोरी-भण्डारा-मलेखु, गल्छी-त्रिशूली-वेत्रावती-मैलुङ-स्यफ्रुबेँसी-रसुवागढी सडक अवरुद्ध छन्। जमुनाहा-नेपालगञ्ज-कोहलपुर-सुर्खेत-खुलालु-हिल्सा (कर्णाली राजमार्ग) पनि अवरुद्ध छ।

यसैगरी, रानी-विराटनगर-इटहरी-धरान-धनकुटा-हिले, लेघुवाघाट-तुम्लिङ्गटार-खाँदबारी-नुम-किमाथांका (कोशी राजमार्ग) पनि पूर्णरूपमा अवरुद्ध भएको छ। विभागका अनुसार वरुण नदीमा डाइभर्सन बगाएको छ। चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक (तमोर करिडोर) पनि अवरुद्ध छ। ठोरी-भण्डारा-मलेखु, गल्छी-त्रिशूली-बेत्रावती-मैलुङ-स्यफ्रुबेँसी-रसुवागढी सडकखण्ड पनि बन्द भएको छ। 

विभागका अनुसार छिन्चु-कुदु-जाजरकोट-दुनै-धो-तिन्जे-मरिम (भेरी करिडोर) पनि बन्द छ। कोइलाबास-लमही, अर्जुनखोला-घोराही-होलेरी-घर्तिगाउँ-थवाङ-लुकुम (शहीद मार्ग),सुर्खेत -तल्लो डुङ्गेश्वर-सातखम्बा-दुल्लु-पिपलकोट-खुलालु-मान्मा-नाग्मा-जुम्ला सडक पनि अवरुद्ध छ। 

विभागका अनुसार सडक निर्माणको कार्य भइरहेकोले काठमाण्डौं-धुलीखेल-दोलालघाट-खाडीचौर-कोदारी (अरनिको राजमार्ग) पनि अवरुद्ध छ।

यसैबीच, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले मुलुकभरका अवरुद्ध राजमार्ग चाँडोभन्दा चाँडो खुलाउने प्रयास जारी रहेको बताए। रासस


प्रकाशित : शनिबार, भदौ २१ २०८२१२:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend