बिहीबार , असार २५ गते २०८३    
बिहीबार , असार २५ २०८३

अमेरिकाबाट डिपोर्ट भएका १९ जना काठमाडौं आइपुगे, डिपोर्ट हुने नेपालीको संख्या २३४ पुग्यो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २० २०८२
अमेरिकाबाट डिपोर्ट भएका १९ जना काठमाडौं आइपुगे, डिपोर्ट हुने नेपालीको संख्या २३४ पुग्यो

यसअघि अमेरिकाबाट विभिन्न चरणमा २ सय १५ नेपाली डिपोर्ट भएर नेपाल आइसकेका छन्। अहिलेसम्म अमेरिकाले देश निकाला गरेको नेपालीको संख्या २ सय ३४ पुगेको छ।

काठमाडौं- संयुक्त राज्य अमेरिकाले देश निकाला (डिपोर्ट) गरेका थप १९ जना नेपाली बिहीबार साँझ काठमाडौं आइपुगेका छन्।

डिपोर्ट भएर नेपाल आउनेमा २ महिला १७ पुरुष छन्। उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर थप सोधपुछका लागि नेपाल प्रहरीलाई बुझाएको वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले जानकारी दिए।

यसअघि अमेरिकाबाट विभिन्न चरणमा २ सय १५ नेपाली डिपोर्ट भएर नेपाल आइसकेका छन्। अहिलेसम्म अमेरिकाले देश निकाला गरेको नेपालीको संख्या २ सय ३४ पुगेको छ। 

प्रकाशित : शुक्रबार, भदौ २० २०८२०९:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend