बिहीबार , असार २५ गते २०८३    
बिहीबार , असार २५ २०८३

३२ लाख ४५ हजार रुपैयाँमा यस्तो बन्यो आधारभूत स्वास्थ्य केन्द्रको भवन

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २० २०८२
३२ लाख ४५ हजार रुपैयाँमा यस्तो बन्यो आधारभूत स्वास्थ्य केन्द्रको भवन

केन्द्रबाट भिमाद नगरपालिका-१ डुम्रीबेँसी, घिरिङ गाउँपालिका-२, स्याङ्जाको हरिनास, चापाकोटका सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुनेछन्।

तनहुँ- भिमाद नगरपालिका-१ डुम्रीबेँसीमा ३२ लाख ४५ हजार रुपैयाँको लागतमा चारकोठे आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण भएको छ।

संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदान गरेको रकमबाट भवन निर्माण गरिएको वडासदस्य दयाराम श्रेष्ठले जानकारी दिए। 

केन्द्रबाट भिमाद नगरपालिका-१ डुम्रीबेँसी, घिरिङ गाउँपालिका-२, स्याङ्जाको हरिनास, चापाकोटका सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुनेछन्। अब यहाँका बासिन्दा अपायक बोमाटारमा स्वास्थ्य केन्द्र पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन्। रासस


प्रकाशित : शुक्रबार, भदौ २० २०८२०९:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend