बिहीबार , असार २५ गते २०८३    
बिहीबार , असार २५ २०८३

देशभर साधारणतया बदली हुने, केही स्थानमा वर्षाको सम्भावना

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २० २०८२
देशभर साधारणतया बदली हुने, केही स्थानमा वर्षाको सम्भावना

आज राति देशभर साधारणतथा बदली हुनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुनेछ।

काठमाडौं- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ। 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका लगायत पहाडी भूभाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

त्यसैगरी, आज राति देशभर साधारणतथा बदली हुनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुनेछ। 

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ। रासस


प्रकाशित : शुक्रबार, भदौ २० २०८२०८:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend