बिहीबार , असार २५ गते २०८३    
बिहीबार , असार २५ २०८३

हाम्रो पात्रोले सूचीकरणका लागि आवेदन दियो, मेटाका प्रतिनिधिको अनौपचारिक सम्पर्क

बिहीबार , भदौ १९ २०८२
हाम्रो पात्रोले सूचीकरणका लागि आवेदन दियो, मेटाका प्रतिनिधिको अनौपचारिक सम्पर्क

औपचारिक रुपमा कुनै पनि प्रक्रिया नबढाएको मेटाका एक प्रतिनिधिले सञ्चारमन्त्रीका स्वकीय सचिवलाई फोन गरेर प्रक्रिया र निर्णयका बारेमा सोधेका छन्।

काठमाडौं- सरकारले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै हाम्रो पात्रोले सूचीकरणका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आवेदन दिएको छ। 

एग्रिगेटरको रुपमा रहेको हाम्रो पात्रो एप्लिकेसनका सञ्चालक नेपाली मूलका भएपनि यो अहिलेसम्म सूचीकरण भएको थिएन। नेपालमा व्यापक प्रयोग हुने हाम्रो पात्रोले सूचीकरणका लागि आवेदन दिएको मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए। 

सरकारले आजैदेखि २६ वटा सञ्जाललाई नेपालमा निष्क्रिय पार्ने निर्णय गरेको थियो।

यो निर्णयसँगै नेपालमा धेरै चल्ने फेसबुक, इन्स्टाग्राम, एक्सलगायत बन्द हुने भएका छन्। धेरै नेपालीले प्रयोग गर्ने टिकटक र भाइवरमात्र चल्नेछन्। 

यो निर्णयसँगै मेटाका प्रतिनिधिले अनौपचारिक सम्पर्क गरेका छन्। औपचारिक रुपमा कुनै पनि प्रक्रिया नबढाएको मेटाका एक प्रतिनिधिले सञ्चारमन्त्रीका स्वकीय सचिवलाई फोन गरेर प्रक्रिया र निर्णयका बारेमा सोधेका छन्। 


प्रकाशित : बिहीबार , भदौ १९ २०८२१८:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend