बिहीबार , असार २५ गते २०८३    
बिहीबार , असार २५ २०८३

होटल व्यवसायलाई सहज ढंगले सञ्चालन गर्ने वातावरण बनाउन आग्रह

बिहीबार , भदौ १९ २०८२
होटल व्यवसायलाई सहज ढंगले सञ्चालन गर्ने वातावरण बनाउन आग्रह

संघका अध्यक्ष सुरेश बरालले होटल व्यवसाय रातको १२ बजेसम्म सहजरुपमा सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरे।

काठमाडौं- जिल्ला होटल व्यवसायी संघले काठमाडौंभित्र सञ्चालनमा रहेका होटललाई सहज ढंगले सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरेको छ।

संघले आज काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई भेटेर होटल सहज ढंगले सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरेका हुन्। संघका अध्यक्ष सुरेश बरालले होटल व्यवसाय रातको १२ बजेसम्म सहजरुपमा सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरे।

ठमेल र दरबारमार्गका होटललाई चौबिसै घण्टा सञ्चालन गर्न दिने वातावरण निर्माण भएको बेलामा नयाँबसपार्क, सुन्धारा, गौशाला, बागबजार, कलंकीलगायतका होटल पनि रातको १२ बजेसम्म सञ्चालन हुने वातावरण बनाइदिन संघले प्रमुख जिल्ला अधिकारीसमक्ष अनुरोध गरेको छ।

भेटमा प्रजिअ रिजालले व्यवसायीहरूले उठाएका माग र समस्याबारे सम्बद्ध निकायसँग छलफल गरी समाधान खोज्ने बताए। उनले होटल व्यवसायलाई व्यवस्थित र सुरक्षासहित सञ्चालन गर्न प्रशासन सधैँ सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। रासस


प्रकाशित : बिहीबार , भदौ १९ २०८२१७:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend