काठमाडौं- काठमाडौंको दरबारमार्गस्थित ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैंकबीच छुटसम्बन्धी सम्झौता भएको छ।
यो सम्झौतासँगै ल्यान्डमार्क होटेल तथा रिसोर्टअन्तर्गत चितवन, पोखरा, काठमाडौं, तनहु र भैरहवालगायत शाखामा प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले सेवासुविधा लिएबापत छुट पाउने छन्। छुटका लागि बैंकको डेबिट-क्रेडिट कार्ड तथा अन्य कुनै विद्युतीय प्रणालीद्वारा बिल भुक्तानी गर्नुपर्ने छ।
ल्यान्डमार्क होटेल तथा रिसोर्टको उल्लेखित शाखामार्फत उपलब्ध आवासतर्फ विशेष सस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
प्रभु बैंकले नेपालभर रहेका आफ्ना ३१२ शाखा कार्यालय, २५६ एटीएमका साथै ४८ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ।