बिहीबार , असार २५ गते २०८३    
बिहीबार , असार २५ २०८३

पनौतीमा वडामै ‘राष्ट्रिय परिचयपत्र’‍ सेवा

बिहीबार , भदौ १९ २०८२
पनौतीमा वडामै ‘राष्ट्रिय परिचयपत्र’‍ सेवा

तेमाल गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयको सहयोगमा भदौ दोस्रो साता वडास्तरिय ‘घरदैलो सेवा’ अभियान सञ्चालन गरेको थियो।

काभ्रेपलाञ्चोक- सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि पनौती नगरपालिकाले बुधबारदेखि १० दिनको शिविर आयोजना गरी सेवा सुरु गरेको छ।

पनौती नगरपालिकाले १० दिने शिविरमार्फत सामाजिक सुरक्षा भत्ता तथा अन्य सेवाग्राहीलाई लक्षित गरी वडा नं १ बाट सेवा सुरु गरेको हो। विशेषगरी राष्ट्रिय परिचयपत्र निर्माणलाई प्राथमिकता दिइ शिविर सञ्चालन सुरु लागिएको नगरका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले जानकारी दिए। 

तेमाल गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयको सहयोगमा भदौ दोस्रो साता वडास्तरिय ‘घरदैलो सेवा’ अभियान सञ्चालन गरेको थियो। तेमालको शिविरबाट ज्येष्ठ नागरिक, एकल महिला र शारीरिक अपांगता भएका व्यक्तिले निकै ठूलो राहातको महसुस गरे। एक साताको अभियानमा २ सय २४ लक्षित वर्गले सेवा लिएको गाउँपालिकाले जनाएको छ।

‘नागरिकलाई घरदैलो सेवा अभियान’लाई प्राथमिकता दिएको गाउँपालिका उपाध्यक्ष दलमान थोकरले जानकारी दिए। उनका अनुसार वृद्धवृद्धा तथा अशक्तलाई सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हटेको हो। 

नागरिकलाई स्थानीयस्तरमै सेवा दिने कार्यलाई निरन्तरता दिइने तथा यस्ता नविनतम कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने योजना बनाउँदै गरेको थोकरको भनाइ छ।

तेमाल-६ निवासी ७५ वर्षीया वृद्धा धनमाया तामाङले आफू टाढासम्म जान निकै कठिन हुने भएकाले वडाकै टोलमा आएर परिचयपत्र बनाउन पाउँदा अब भत्ता नरोकिनेमा खुसी व्यक्त गरिन्। उक्त अभियानका कारण विशेष गरी सामाजिक सुरक्षा भत्ता लिने सेवाग्रही उत्साहित देखिएको जनाइएको छ।

यसअघि तेमालले गाउँ छाडेर सहर बस्ने आफ्ना नागरिकलाई शिविरमार्फत सेवा दिएको थियो। विशेषगरी सामाजिक सुरक्षा भत्ता वितरण एवं परिचयपत्र नवीकरण गर्नुपर्ने काठमाडौं उपत्यकालगायतका सहरमा बस्ने नागरिकलाई घुम्ती शिविरमार्फत ५ सय ९१ नागरिकलाई सेवा दिएको थियो। रासस


प्रकाशित : बिहीबार , भदौ १९ २०८२१३:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend