शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

७६ वर्षीय विनोदकुमार श्रेष्ठको घरबाट अवैध सवा चार करोड नगद, ९ किलो सुन र ३ किलो चाँदी बरामद

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ १८ २०८२
७६ वर्षीय विनोदकुमार श्रेष्ठको घरबाट अवैध सवा चार करोड नगद, ९ किलो सुन र ३ किलो चाँदी बरामद

'श्रेष्ठको घरमा स्रोत नखुलेको अकुत सम्पत्ति र अवैध तरिकाबाट राखेको सुन र चाँदीको गरगहना छ भन्ने विशेष सूचनाको आधारमा खानतलासी गर्दा नगद र सुनचाँदी बरामद गरिएको हो।'

काठमाडौं- नेपाल प्रहरीले काठमाडौं महानगरपालिका-२६ गोंगबुस्थित टाउन प्लानिङबाट ४ करोड २५ लाख ५० हजार नगद, ९ किलो ८ सय ३७ दशमलब ९६ ग्राम सुन र ३ किलो २ सय १८ दशमलव ४ सय ९२ ग्राम चाँदी बरामद गरेको छ।

गोर्खा जिल्ला गोर्खा नगरपालिका-६ गोर्खा बसपार्क घर भइ हाल काठमाडौं महानगरपालिका-२६ सामाकोसी गोंगबु क्षेत्र बस्ने ७६ वर्षीय विनोदकुमार श्रेष्ठको घरबाट स्रोत नखुलेको सम्पत्ति बरमद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

'श्रेष्ठको घरमा स्रोत नखुलेको अकुत सम्पत्ति र अवैध तरिकाबाट राखेको सुन र चाँदीको गरगहना छ भन्ने विशेष सूचनाको आधारमा खानतलासी गर्दा नगद र सुनचाँदी बरामद गरिएको हो' उनले भने।

श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।


प्रकाशित : बुधबार, भदौ १८ २०८२११:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend