शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

तीन करोडभन्दा बढी रकम र सुनका गहनासहित एकजना पक्राउ

मंगलबार, भदौ १७ २०८२
तीन करोडभन्दा बढी रकम र सुनका गहनासहित एकजना पक्राउ

पक्राउ पर्नेमा गोरखा जिल्ला घर भइ हाल काठमाडौं महानगरपालिका-२६ गोंगबु बस्ने ७६ वर्षीय विनोद श्रेष्ठ रहेका छन्।

काठमाडौं- काठमाडौं महानगरपालिका-२६ गोंगबुस्थित टाउन प्लानिङबाट तीन करोड रूपैयाँभन्दा बढी रकम र सुनसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोरखा जिल्ला घर भइ हाल काठमाडौं महानगरपालिका-२६ गोंगबु बस्ने ७६ वर्षीय विनोद श्रेष्ठ रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

उनले भने, 'करिब तीन करोड रूपैयाँभन्दा बढी रकम र ठूलो परिमाणमा सुनका गहना पनि भेटिएका छन्। रकमको सङ्ख्या यकिन गर्न मेसिन मगाएर गन्ने कार्य सुरु भएको छ।'

आज उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अवैध रकम लुकाइएको सूचनाका आधारमा छापा मारेको थियो। रासस


प्रकाशित : मंगलबार, भदौ १७ २०८२१७:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend