शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

विधायन समितिबाट निजामती विधेयक पारित

मंगलबार, भदौ १७ २०८२
विधायन समितिबाट निजामती विधेयक पारित

प्रतिनिधिसभाबाट गत असार १५ गते पारित भइ आएको विधेयकलाई दुई महिनाभित्र राष्ट्रियसभाबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

काठमाडौं- राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिबाट संघीय निजामती सेवा विधेयक पारित भएको छ। सो समितिको आजको बैठकमा प्रतिवेदनको मस्यौदामाथि छलफलपछि प्रतिवेदन पारित भएको हो।

समितिको आजको बैठकमा कर्मचारीको अनिवार्य अवकाशको उमेर चालु आर्थिक वर्षमा ५८, आगामी आवमा ५९ र त्यसपछि ६० वर्ष नै कायम गर्ने सहमति भएसँगै समितिबाट पारित गरिएको हो। 

पारित प्रतिवेदनलाई समितिअन्तर्गतको उपसमितिले अन्तिम रूप दिएपछि सभापति र समिति सचिवको हस्ताक्षरपछि राष्ट्रियसभा बैठकमा आजै पेस हुनेछ। प्रतिनिधिसभाबाट गत असार १५ गते पारित भइ आएको विधेयकलाई दुई महिनाभित्र राष्ट्रियसभाबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ। रासस


प्रकाशित : मंगलबार, भदौ १७ २०८२१४:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend