शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

हिमाल आरोहणबाट ६४ करोड ८२ लाख रूपैयाँ राजस्व संकलन

मंगलबार, भदौ १७ २०८२
हिमाल आरोहणबाट ६४ करोड ८२ लाख रूपैयाँ राजस्व संकलन

सगरमाथा हिमालमा ३७४ जनाले सफल आरोहण गरेका थिए। यसबाट ५५ करोड ४९ लाख रूपैयाँ राजस्व संकलन भएको छ।

ताप्लेजुङ- पछिल्लो समयमा हिमाल आरोहण गर्नेहरू सङ्ख्या बढ्दै गएको छ। पर्यटन विभागका अनुसार गत वर्ष नेपालका विभिन्न हिमाल तथा पिक आरोहणबाट ६३ करोड ८२ लाख ९४ हजार ९७९ रूपैयाँ संकलन भएको जनाएको छ। 

ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालमा गत मार्च १ देखि अप्रिल २१ सम्ममा २६ पुरुष र १५ महिला गरी ४१ जनाले आठ हजार ५५६ मिटर उचाइको प्रमुख चुचुरोमा सफलतापूर्वक पाइला टेकेका छन्। सो आरोहणबाट एक करोड ९७ हजार ४६० रूपैयाँ राजस्व संकलन भएको छ।

सङ्खुवासभा जिल्लामा रहेको मकालु हिमाल सोही समयमा ६६ आरोहीले सफल आरोहण गरेका छन्। यसबाट एक करोड ६२ लाख ६९ हजार ४८० संकलन भएको छ।

विश्वको अग्लो सगरमाथा हिमालमा ३०२ र ७२ महिला गरी ३७४ जनाले सफल आरोहण गरेका थिए। यसबाट ५५ करोड ४९ लाख ९० हजार २७८ रूपैयाँ राजस्व संकलन भएको छ। 

यस याममा २३ हिमाल तथा पिकको सफल आरोहण गरिएको थियो। जसमा ६ सय ७८ पुरुष र एकसय ९१ महिला गरी आठ सय ६९ नेपाली तथा विदेशीले नेपालका हिमाल तथा पिकको सफल आरोहण गरेको पर्यटन विभागको तथ्यांक छ। यसबाट ६३ करोड ८२ लाख ९४ हजार ९७९ रूपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ।

नेपालको हिमालको पारिपट्टि चीनको तिब्बत क्षेत्र छ। अरू बाँकी हिमाल चीन, भारत, पाकिस्तान, भूटान र ताजकिस्तानमा पर्छन्। यो हिमालमा अग्लाअग्ला चुलीहरू छन्। विश्वको १० सबैभन्दा अग्ला हिउँ चुचुरा यही हिमालमा छन्। हिमालमा भएको के-२ भन्ने चुचुरो पाकिस्तानमा छ।

नवौँ चुचुरो नांगा पर्वत पनि पाकिस्तानमा छ। अरू संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथादेखि लिएर अन्नपूर्ण-१ सम्म आठवटा नेपालमा छन्। हिमालका चुचुरा सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, चोयू, धवलागिरि, मनास्लु र अन्नपूर्ण-१ नेपालमा छन्। यी सबै आठ हजार मिटरभन्दा अग्ला छन्, तर ती हिमाल अहिले हिमरेखा सर्दै जाने क्रम बढेसँगै हिमलहरू नाङ्गिँदै जाने क्रम बढ्दै गएको छ।

हिमरेखा सर्दै

हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव तीव्र बन्दै गएको तथ्य विभिन्न अध्ययन र स्थानीय अनुभवले पुष्टि गरेका छन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), वातावरण वैज्ञानिक र स्थानीय समुदायको अनुभवबाट प्राप्त तथ्यांकले नेपालको हिमाली भूगोल परिवर्तनको चपेटामा परेको देखाउँछ।

इसिमोडले सन् २०२१ मा सार्वजनिक गरेको प्रतिवेदन स्टेटस अफ ग्लेसियर्स इन द हिन्दू कुश हिमालयन रिजनअनुसार ताप्लेजुङस्थित कञ्चनजंघा क्षेत्रमा हिमरेखा प्रत्येक वर्ष औसत ६.५ मिटरले माथि सर्दै गएको छ। सोही अवधिमा सो क्षेत्रमा रहेका हिमतालको सङख्या पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ। पन्ध्र वर्षअघि २७ वटा हिमताल रहेकामा अहिले ४९ पुगेका छन्। यसबाट जलवायु परिवर्तनले हिमाली क्षेत्रको भौगोलिक स्वरूप र पर्यावरणीय संरचनामा कति ठूलो प्रभाव पारेको छ भन्ने बुझ्न सकिन्छ।

जलवायु परिवर्तनको प्रभावलाई मापन गर्ने अर्को महत्त्वपूर्ण अध्ययन इसिमोडको हिमालयन वाटर सिक्युरिटी (२०२२) प्रतिवेदनले पनि नेपालमा प्रतिदशक तापक्रम ०.३ देखि ०.५ डिग्री सेल्सियसले वृद्धि भएको देखाएको छ। यस तापक्रम वृद्धिले हिमनदी पग्लने दरलाई अझ तीव्र बनाएको, हिमरेखामाथि सर्ने प्रक्रिया छिटो भएको र हिमाली क्षेत्रका बासिन्दाको जीवन, खेतीपाती, पशुपालन तथा खानेपानी स्रोतहरूमा सीधा असर परेको देखिएको छ।

तत्काल जलवायु अनुकूलन तथा दीर्घकालीन रणनीतिहरू अपनाइएन भने हिमनदीहरूको ह्रास अझ तीव्र हुने र यो समग्र जलस्रोत प्रणाली, जैविक विविधता र खाद्य सुरक्षामा दीर्घकालीन संकटको कारक बन्न सक्ने विभिन्न प्रतिवेदनहरूले देखाएको छ। रासस


प्रकाशित : मंगलबार, भदौ १७ २०८२११:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend