शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

हुन्डाई क्रेटाको एक दशक : आरामदायी र आधुनिक डिजाइनले नेपाली बजारमा छुट्टै पहिचान

सोमबार, भदौ १६ २०८२
हुन्डाई क्रेटाको एक दशक : आरामदायी र आधुनिक डिजाइनले नेपाली बजारमा छुट्टै पहिचान

आधुनिक डिजाइन, आरामदायी अनुभव, सुरक्षा र विश्वसनीयताका कारण सबैभन्दा रुचाइएको र विश्वासिलो एसयूभी बन्न सफल भएको छ।

काठमाडौं- नेपालमा हुन्डाई गाडीहरूको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले  सेप्टेम्बर २०२५ मा हुन्डाई क्रेटाको १०औँ वार्षिकोत्सव मनाएको छ।

नेपालमा सार्वजनिक भएदेखि नै क्रेटा आफ्नो आधुनिक डिजाइन, आरामदायी अनुभव, सुरक्षा र विश्वसनीयताका कारण सबैभन्दा रुचाइएको र विश्वासिलो एसयूभी बन्न सफल भएको छ।

क्रेटाले आफ्नो डिजाइन र उत्कृष्ट पर्फमेन्समार्फत नेपाली बजारको कम्प्याक्ट एसयूभी सेगमेन्टमा एक छुट्टै पहिचान बनाएको छ। वर्षौँदेखि यसका विभिन्न मोडल तथा अपग्रेडहरू सार्वजनिक भएका छन् जसले हरेकपटक पर्फमेन्स र स्टाइलमा नयाँ मापदण्ड स्थापना गरेको कम्पनीको भनाइ छ।

क्रेटा ईभीको आगमनसँगै यस एसयूभीले आफ्नो नवीन प्रविधिसँग दिगो र वातावरणमैत्री यात्रालाई एकसाथ अगाडि बढाएको छ। अहिलेसम्मको यात्रामा, क्रेटाले नेपालका सडकहरूमा हजारौँरलाई भरपर्दो साथ र गुणस्तरीय सेवा दिँदै आएको कम्पनीले जनाएको छ।

आगामी दिनहरुमा पनि आधुनिक प्रविधि र प्रतिबद्धताका साथ हुन्डाईले नेपालमा समृद्ध जीवन र दिगो यात्राको भविष्य निर्माणमा साथ रहने लक्ष्य राखेको छ।


प्रकाशित : सोमबार, भदौ १६ २०८२१४:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend