शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन १४ २०७८
बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने

लमजुङ- लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने भएको छ। यस सडकखण्डको तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएकाले कल्भर्ट निर्माणका लागि यही २० देखि चैत ५ गतेसम्मका लागि सडक बन्द हुने डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका सवइन्जिनियर हरि श्रेष्ठले बताए। 

मनाङको नासोँ गाउँपालिका वडा नम्बर ९ स्थित तिमाङ छहरामा दुई ठाउँमा कल्भर्ट निर्माण गर्न लागिएको हो। त्यहाँ गत असारमा आएको बाढीले काठेपुल बगाएको थियो।

पछि पुनः काठेपुल राखेर यातायात सञ्चालनमा भएकोमा गत कात्तिकमा आएको बाढी पहिराले समेत काठेपुल बगाएको थियो। त्यसपछि राखिएको काठेपुल जीर्ण हुँदै गएको र आगामी बर्खायाममा फेरी समस्या उत्पन्न हुने भएकाले व्यवस्थित गर्न ढलानसहितको स्ल्याभ कल्भर्ट निर्माण सुरु गर्न लागेको उनको भनाइ छ। 

मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजना अनुरुप विसं २०५१ बाट सडक डिभिजन कार्यालय दमौली तनहुँले बेँसीसहर चामे सडक निर्माण अघि बढाएको थियो। सो सडकको ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ। रासस


प्रकाशित : शनिबार, फागुन १४ २०७८०७:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend