शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

पहिरोबाट होक्मा गाउँका ६ घर उच्च जोखिममा

सोमबार, भदौ १६ २०८२
पहिरोबाट होक्मा गाउँका ६ घर उच्च जोखिममा
फाइल तस्बिर

गएरातिको वर्षासँगै पहिरो झरेका कारण बस्तीमा उच्च जोखिम भएपछि उनीहरु विस्थापित भएका हुन्।

ताप्लेजुङ- ताप्लेजुङको सिरीजंघा गाउँपालिकास्थित पेदाङको होक्मा गाउँका ६ घरपरिवार पहिरोका कारण विस्थापित भएका छन्। गएरातिको वर्षासँगै पहिरो झरेका कारण बस्तीमा उच्च जोखिम भएपछि उनीहरु विस्थापित भएका हुन्।

स्थानीय खेलप्रसाद बुढाक्षेत्री परागका अनुसार पहिरोले हाङमाया थुङ्गिम (लिम्बू) को घर उच्च जोखिममा परेको छ भने पहिरो झरिरहेकाले त्यस क्षेत्रमा बसोबास गर्ने जगत भण्डारी, भीमबहादुर भण्डारी, अम्बरध्वज लिम्बू, शिवलाल भण्डारी र टंक भण्डारीको घरसमेत जोखिममा रहेका छ।

चिचिहाङ बस्तीको तलबाट पहिरो झरेको बताइएको छ। पहिरो झरेपछि हाङमायाको परिवार राति नै छिमेकीकोमा गइ बसेको बताइएको छ। अन्य घर परिवारसमेत सुरक्षित ठाउँमा छन्।

अहिले वर्षा नभए पनि समयसमयमा पहिरो झरिरहेको स्थानीयले बताएका छन्। रासस


प्रकाशित : सोमबार, भदौ १६ २०८२१०:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend