शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

पूर्वीनाका काँकरभिट्टाबाट साउनमा १ अर्ब २३ करोडको कृषिजन्य वस्तु निर्यात

सोमबार, भदौ १६ २०८२
पूर्वीनाका काँकरभिट्टाबाट साउनमा १ अर्ब २३ करोडको कृषिजन्य वस्तु निर्यात

कार्यालयका सूचना अधिकारी सन्तोष थापाका अनुसार निर्यात हुने मुख्य वस्तुहरुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन्।

झापा- प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/ ८३ को साउन महिनामा एक अर्ब २३ करोड ५३ लाख ८६ हजार रूपैयाँ बराबरको कृषि जन्यवस्तु निर्यात भएको छ।

कार्यालयका सूचना अधिकारी सन्तोष थापाका अनुसार निर्यात हुने मुख्य वस्तुहरुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन्।

उक्त एक महिनाको अवधिमा सबैभन्दा धेरै चिया ३७ करोड ९८ लाख ६८ हजार, अलैँची ३२ करोड ४३ लाख २१ हजार, प्लाइ तथा भेनियर २६ करोड ८७ लाख, अम्लिसो आठ करोड ८७ लाख रूपैयाँ मूल्य बराबरको निर्यात भएको छ।

यसैगरी, कार्यालयको तथ्यांकअनुसार अदुवा ६ करोड १० लाख, बन्दा चार करोड सात लाख, मसुरो दाल दुई करोड १३ लाख रूपैयाँ मूल्य बराबरको निर्यात भएको छ। सूचना अधिकारी थापाका अनुसार सोही अवधीमा पूर्वी नाकाबाट एक अर्ब ६९ करोड १७ लाख ५२ हजार रूपैयाँ मूल्य बराबरको कृषिजन्य मालवस्तु आयात भएको छ।

आयात हुने मुख्य कृषिजन्य वस्तुहरुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन्। रासस


प्रकाशित : सोमबार, भदौ १६ २०८२१०:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend