शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

प्रधानमन्त्री ओलीद्वारा सांघाइ शिखर सम्मेलनमा सम्बोधन गर्ने

सोमबार, भदौ १६ २०८२
प्रधानमन्त्री ओलीद्वारा सांघाइ शिखर सम्मेलनमा सम्बोधन गर्ने

चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारदेखि सुरु भएको यस शिखर सम्मेलनमा सहभागी मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूले सम्बोधन गर्ने क्रम चलिरहेको छ।

थियानजिन- प्रधानमन्त्री केपी शर्मा ओलीले सांघाइ सहयोग सङ्गठन (एससिओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन्।

चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारदेखि सुरु भएको यस शिखर सम्मेलनमा सहभागी मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूले सम्बोधन गर्ने क्रम चलिरहेको छ।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीन पुग्नुभएका प्रधानमन्त्री ओली सम्मेलनमा सहभागी भएका हुन्। भ्रमणको क्रममा प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखबीच दुईपक्षीय भेटवार्ता जारी रहेको छ।

आजै प्रधानमन्त्री ओलीले रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु तथा लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यसूची रहेको छ। रासस

प्रकाशित : सोमबार, भदौ १६ २०८२०७:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend