शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

डिजेल/मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो, पेट्रोल तथा ग्यासको यथावत

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ १५ २०८२
डिजेल/मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो, पेट्रोल तथा ग्यासको यथावत

काठमाडौं- नेपाल आयल निगमले डिजेल/मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगमले मूल्य समायोजन गरेको हो।

निगमका अनुसार डिजेल/मट्टितेलमा प्रतिलिटरमा ४ रुपैयाँ मूल्य घटेको छ। त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय सञ्चालक समितिले गरेको हो। 

निगमले आइतबार विज्ञप्ति जारी गर्दै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ७ रुपैयाँ घटाएको जनाएको छ। साथै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेकइभन पोइन्ट (बराबर मूल्य) बिक्री मूल्य कायम गरिएको छ।

यता पेट्रोल र खाना पकाउने एलपी ग्यासको बिक्री मूल्य भने यथावत राखिएको निगमले जनाएको छ। नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागु हुनेछ।


प्रकाशित : आइतबार, भदौ १५ २०८२२१:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend