शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

अवकाशप्राप्त सचिव सुरेश आचार्यको बिदाइ

आइतबार, भदौ १५ २०८२
अवकाशप्राप्त सचिव सुरेश आचार्यको बिदाइ

बिदाइ कार्यक्रममा ऊर्जामन्त्री खड्काले सचिव आचार्य इमानदार, जिम्मेवार एवं कुशल प्रशासक भएको भन्दै प्रशंसा गरे।

काठमाडौं- करिब साढे तीन दशक लामो सरकारी सेवा जीवन पूरा गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य बिदा भएका छन्।

आइतबार मन्त्रालयमा आयोजित विशेष समारोहमा ऊर्जामन्त्री दीपक खड्काले आचार्यलाई दोसल्ला र कदरपत्रसहित सम्मानपूर्वक बिदाइ गरे। बिदाइ कार्यक्रममा मन्त्री खड्काले सचिव आचार्य इमानदार, जिम्मेवार एवं कुशल प्रशासक भएको भन्दै प्रशंसा गरे।

आचार्य २०८१ असोज ६ देखि ऊर्जा मन्त्रालयमा सचिवको रुपमा कार्यरत थिए। उनले भने, 'राज्यले आवश्यकता ठाने भविष्यमा पनि म आफूलाई समर्पित गर्न सधैँ तयार हुनेछु।'

कार्यक्रममा सहसचिव सरिता दवाडीले सचिव आचार्यको लगनशीलता, कार्यशैली र प्रेरणादायी नेतृत्वको प्रशंसा गर्दै स्वस्थ जीवनको शुभकामना दिइन्।


प्रकाशित : आइतबार, भदौ १५ २०८२१६:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend