सिरहा- गोलबजार नगरपालिका-३ चुरे फेदीस्थित बूढी जमदह गाउँमा दशकौँदेखिको खानेपानी अभाव अब अन्त्य हुने भएको छ।
‘सबल नेपाल र वेल्थहङ्गरहिल्फे’को सहयोगमा निर्माणाधीन ४० हजार लिटर क्षमताको निर्माणाधीन ट्यांकीको ६० प्रतिशत काम सम्पन्न भएसँगै जमदहका बासिन्दाको खानेपानी समस्या समाधान हुने चरणमा पुगेको हो।
७१ लाखको लागतमा निर्माणाधीन आयोजनामा स्थानीयको श्रमदान र नगरपालिकाले सहयोग गरेको छ। हालसम्म पाइप बिछ्याउने र धारा जडान भइसकेको छ भने अन्य संरचना पनि धमाधम निर्माण भइरहेका छन्।
हाल अस्थायी संरचना प्रयोग गरी ५१ घरमा स्वच्छ खानेपानी आपूर्ति भइसकेको छ। रासस