शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

भारतबाट १० दिनभित्र युरिया मल आइपुग्छ, किसानले सहजै पाउनेछन् : कृषिमन्त्री अधिकारी

आइतबार, भदौ १५ २०८२
भारतबाट १० दिनभित्र युरिया मल आइपुग्छ, किसानले सहजै पाउनेछन् : कृषिमन्त्री अधिकारी

कृषिमन्त्री रामनाथ अधिकारीले जिल्लाको खेतयोग्य जमिन र उत्पादनका आधारमा मल वितरण गर्नुपर्ने बताए।

कपिलवस्तु- कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले भारतबाट १० दिनभित्र युरिया मल सहजरूपमा उपलब्ध हुने बताएका छन्।

चन्द्रौटामा आज आयोजित एक कार्यक्रममा उनले कोलाकाताबाट आयात गरिएको मल साता दशदिनमा आइपुग्ने र किसानले सहजरूपमा पाउने बताए। अब मलको हाहाकार नहुने बताउँदै उनले किसानलाई आश्वस्त पारे।

मन्त्री अधिकारीले जिल्लाको खेतयोग्य जमिन र उत्पादनका आधारमा मल वितरण गर्नुपर्ने बताए। 'मल वितरण गर्दा वास्तविक कृषकलाई प्राथमिकता दिनुपर्छ, ठूलो भू-भागमा खेती गर्ने किसानले मल अभावका कारण आर्थिक क्षति बेहोर्नु नपरोस् भन्नेमा हामी संवेदनशील छौँ', उनले भने।

नेपाली कांग्रेसका जिल्ला सभापति तथा महाराजगञ्ज नगरपालिकाका प्रमुख अब्दुल कलामले सरकारी मल वितरण प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

सोही पार्टीका जिल्ला उपसभापति उमाकान्त खनालले आगामी वर्षदेखि किसानलाई मल, बीउलगायत सामग्री वर्षायामअगावै उपलब्ध गराउने योजनामा काम गर्न सुझाए। रासस


प्रकाशित : आइतबार, भदौ १५ २०८२१४:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend