शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

भारतमा आक्रामक बजार विस्तारको योजनामा जिप, दुई नयाँ मोडल ल्याउने

शुक्रबार, फागुन १३ २०७८
भारतमा आक्रामक बजार विस्तारको योजनामा जिप, दुई नयाँ मोडल ल्याउने

गत वर्ष जिपले भारतमा २५ करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको थियो।

काठमाडौं- अमेरिकी एसयूभी ब्रान्ड जिपले भारतमा कम्पास उत्पादन थालेसँगै राम्रो बजार विस्तार गरिरहेको छ। यस्तैमा जिपले यो वर्ष भारतमा दुईवटा नयाँ एसयूभी सार्वजनिक गर्ने भएको छ। 

सवारी उत्पादक कम्पनीहरुको समूह स्टेलेन्टिसको स्वामित्वमा रहेको जिपले भारतमा दुई एसयूभी ल्याउने बताएको हो। जिपले मेरिडियन र भारतमै ग्रान्ड चेरोकी समेत उत्पादन गर्ने भएको छ। जिप भारतीय बजारका लागि केन्द्रित हुने योजनामा रहेको जिपका प्रमुख कार्यकारी क्रिष्टिना मिनुयरले बताइन। ‘हामी भारतमा बजार विस्तार गर्न चाहन्छौं,’ उनले भनिन्, ‘त्यसका लागि हामीले हाम्रो ध्यान भारतीय बजारमा लगाउने छौं।’ 

हाल भारतीय कार बजारमा जिपको बजार हिस्सा १ प्रतिशतभन्दा कम रहेको छ। गत वर्ष जिपले भारतमा २५ करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको थियो। त्यतिबेला कम्पनीले भारतमा ४ नयाँ एसयूभी सार्वजनिक गर्ने बताएको थियो। 

जिपले दक्षिण अमेरिकी मुलुकमा मासिक १५ हजार वटा एसयूभी बिक्री गर्दै आएको छ भने भारतमा मासिक १ हजार हाराहारीमा जिप बिक्री हुँदै आएको छ। कम्पनीको नयाँ योजनाअनुसार भारतीय बजारलाई दक्षिण अमेरिकी बजार सरह पुर्‍याउने रहेको छ।

जिपले विद्युतीकरणलाई प्राथमिकता दिँदै २०२५ सम्ममा केही मोडल उत्पादन गर्ने बताएको छ। जिपका विद्युतीय सवारी भारतमा समेत प्राथमिकताका साथ सार्वजनिक गर्ने बताएको छ।

जिपको कम्पास तथा र्‍याङलर नेपाली बजारमा समेत बिक्री हुँदै आएको छ। एमएडब्लू लाइफले जिप उपलब्ध गराउँदै आएको छ। जिपको कम्पास र र्‍याङलर नेपाली बजारमा लोकप्रिय मोडलमा पर्छन्। 


प्रकाशित : शुक्रबार, फागुन १३ २०७८१३:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend