शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

देशभर वर्षा : कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

आइतबार, भदौ १५ २०८२
देशभर वर्षा : कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेकाले देशभर वर्षाको प्रभाव देखिने जनाएको छ। यसैका कारण आइतबार देशका विभिन्न भू–भागमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ।

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेकाले देशभर वर्षाको प्रभाव देखिने जनाएको छ। यसैका कारण आइतबार देशका विभिन्न भू–भागमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ।

महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान नजिकै रहेकाले मौसम बदलीसँगै वर्षा भइरहने अनुमान गरिएको हो।

आइतबार दिनभर देशभर साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ भने अन्य प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा समेत वर्षा पर्न सक्छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुने संभावना रहेको महाशाखाले जनाएको छ।

रातिको पूर्वानुमान अनुसार देशभर बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा र गण्डकी तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।


विभागका अनुसार पछिल्लो २४ घन्टामा देशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ। लम्जुङको राइनास केन्द्रमा १२६.८ मिलिमिटर, रूकुमपूर्वको बाफिकोटमा ९४.८ मिलिमिटर, गोरखाको आरूघाटमा ८८.८ मिलिमिटर, सिन्धुपाल्चोकको गोब्रेमा ८८ मिलिमिटर र जाजरकोटको एक केन्द्रमा ८०.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ।


प्रकाशित : आइतबार, भदौ १५ २०८२०६:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend