शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

पहिराले देहिमाडौँ-गिरेगडा सडक अवरुद्ध

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, भदौ १४ २०८२
पहिराले देहिमाडौँ-गिरेगडा सडक अवरुद्ध

आवागमन बन्द हुँदा गौराका लागि घर फर्किरहेका  यात्रुहरू बीच बाटोमै समस्यामा परेका छन्।

बैतडी- वर्षासँगै खसेको पहिरोका कारण बैतडीको देहिमाडौँ-गिरेगडा सडक अवरुद्ध भएको छ। सडकखण्डको दशरथचन्द नगरपालिका-२ सुन्दरखाली नजिक सडक माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो। 

हाल सवारीसाधन आवागमन पूर्ण रूपमा रोकिएको छ। आवागमन बन्द हुँदा गौराका लागि घर फर्किरहेका  यात्रुहरू बीच बाटोमै समस्यामा परेका छन्। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले पहिरो पन्छाउन सडक डिभिजन कार्यालय पाटनको जेसिबी पठाइएर सडक खुलाउने प्रयास भइरहेको जानकारी दिए। रासस


प्रकाशित : शनिबार, भदौ १४ २०८२१७:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend