काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन चीनको थियानजिन पुगेका छन्।
मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल शनिबार दिउँसो ३:१५ बजे हिमालय एयरलाइन्सको विशेष विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
विमानस्थलमा उनलाई चीन सरकारका वरिष्ठ अधिकारी, नेपालका लागि चीनका राजदूत डा. कृष्णप्रसाद ओली तथा चीनका राजदूत चेन सोङलगायतले स्वागत गरेका थिए।
प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा राष्ट्रपति सी चिनफिङसँग आजै भेटवार्ता हुने तय भएको छ। सो अवसरमा दुई मुलुकबीच आपसी हितका विषयमा छलफल हुने जनाइएको छ।