शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

राजमार्गमा हुने पटके कर असुलीमाथि रोक लगाइने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ १३ २०८२
राजमार्गमा हुने पटके कर असुलीमाथि रोक लगाइने

जिल्लाका केही स्थानीय तहले विभिन्न स्थानमा ढाँट राख्दै पटके कर असुली बढेको छ। जिल्लाका स्थानीय तहले ३० देखि छ हजार रुपैयाँसम्म पटके कर असुली गर्दै आएका छन्।

किमाथांका(सङ्खुवासभा)- जिल्ला प्रशासन कार्यालयले उत्तर-दक्षिण कोशी राजमार्गमा स्थानीय तहहरूले उठाउँदै आएका पटके कर असुली रोक लगाउने भएको छ।

गृह मन्त्रालयले गत कात्तिक १२ गते जिल्ला प्रशासन कार्यालयमार्फत राजमार्गमा लगाइएको पटके कर असुली रोक्न निर्देशन दिइसकेको छ। 

स्थानीय तहले राष्ट्रिय राजमार्गमा आफूखुसी पटके असुली गरिरहेका गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले पटके कर असुली गर्न रोक लगाउने निर्णय गरेको हो।

कोशी राजमार्गअन्तर्गत खाँदबारी नगरपालिका, मकालु गाउँपालिका र चिचिला गाउँपालिकाले विभिन्न किसिमका पटके कर उठाइरहेका छन्।

राष्ट्रिय राजमार्गमा स्थानीय तहहरूले उठाउँदै आएका पटके कर असुली रोक्न स्थानीय तहलाई पत्रचार गरिने सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी सृजना थपलियाले बताइन्। राजमार्गमा स्थानीय तहले ठेक्कामार्फत कर असुली गर्नु संविधान विपरित भएकाले उक्त कार्य तत्काल रोक लगाइने उनले उल्लेख गरिन्।

आज जिल्ला प्रशासन कार्यालयमा भएको पत्रकारसँगको छलफलमा प्रजीअ थपलियाले गैरकानूनी रूपमा राजमार्गमा कर उठाइरहेको जनगुनासो आएपछि त्यस्ता गैरकानुनी गतिविधि रोक्न जिल्लाका तीनवटै स्थानीय तहलाई जानकारी गराउनुका साथै तत्कालै उक्त कार्यमा रोक लगाइने बताइन्। साथै स्थानीय तह तथा सरोकार भएका सबैलाई गैरकानूनी गतिविधि रोक्न ध्यानाकर्षण गराइने उनको भनाइ छ।

जिल्लाका केही स्थानीय तहले विभिन्न स्थानमा ढाँट राख्दै पटके कर असुली बढेको छ। जिल्लाका स्थानीय तहले ३० देखि छ हजार रुपैयाँसम्म पटके कर असुली गर्दै आएका छन्। रासस 


प्रकाशित : शुक्रबार, भदौ १३ २०८२१९:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend