शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

संखुवासभामा पहिलोपटक प्रजिअको जिम्मेवारीमा महिला

शुक्रबार, भदौ १३ २०८२
संखुवासभामा पहिलोपटक प्रजिअको जिम्मेवारीमा महिला

सहसचिव सिर्जना थपलियाले ४८औँ प्रमुख जिल्ला अधिकारीका रूपमा पदभार ग्रहण गरेकी छिन्।

संखुवासभा- संखुवासभाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को जिम्मेवारी सहसचिव सिर्जना थपलियाले सम्हालेकी छिन्। जिल्लाको इतिहासमा उनी पहिलो महिला प्रजिअ हुन्।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सेवारत उनले ४८औँ प्रमुख जिल्ला अधिकारीका रूपमा यहाँ पदभार ग्रहण गरिन्।

आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै थपलियाले निजामती सेवामा आफूले हासिल गरेको अनुभवलाई संखुवासभाको उन्नयनमा लगाउने जानकारी दिइन्।

उनले भनिन्, 'निर्दिष्ट ऐन, कानूनका परिधिभित्र रहेर जिल्लाका सबै राजनीतिक दलका नेता, बुद्धिजीवी तथा नागरिक समाजलगायत सबैसँगको सहकार्यमा तोकिएका जिम्मेवारी पूरा गर्नेछु।'


प्रकाशित : शुक्रबार, भदौ १३ २०८२१६:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend