शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

तनहुँमा ८६३ मेट्रिकटन आलु उत्पादन

शुक्रबार, भदौ १३ २०८२
तनहुँमा ८६३ मेट्रिकटन आलु उत्पादन

कृषक समूह र सहकारीमार्फत क्लष्टरमा आलुखेती गरिएको कार्यालय प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए।

तनहुँ- आलु प्रवर्द्धन आयोजना कार्यक्रमअन्तर्गत तनहुँमा ८६३ मेट्रिकटन आलु उत्पादन भएको छ। आर्थिक वर्ष २०८१/८२ मा १३ कृषक समूहमार्फत् एक हजार रोपनी क्षेत्रफलमा उक्त परिमाणमा आलु उत्पादन भएको हो। 

कृषक समूह र सहकारीमार्फत क्लष्टरमा आलुखेती गरिएको कार्यालय प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए।

एउटा क्लष्टरमा कम्तीमा ३० रोपनी क्षेत्रफलमा आलु खेती गर्नुपर्ने हुन्छ। उक्त कार्यक्रमका लागि ९३ लाख ३० हजार रूपैयाँ बजेट विनियोजन गरिएको उनले बताए। यसका लागि प्रति समूहलाई ८० क्विन्टल किलो आलुको बीउ उपलब्ध गराइएको थियो।

कार्यालय प्रमुख लामिछानेका अनुसार किसानलाई जनकदेव, एमएस र काडिनल जातको आलुको बीउ ७५ प्रतिशत अनुदानमा प्रदान गरिएको थियो। उनीहरुलाई खेती गर्न विभिन्न उपकरण समेत उपलब्ध गराएको उनले बताए। रासस


प्रकाशित : शुक्रबार, भदौ १३ २०८२१२:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend