शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

घरजग्गा कारोबार इजाजत लिनेदेखि नवीकरणमा तोकियो नयाँ शुल्क, कति कारोबार गर्नेले कति तिर्ने?

शुक्रबार, भदौ १३ २०८२
घरजग्गा कारोबार इजाजत लिनेदेखि नवीकरणमा तोकियो नयाँ शुल्क, कति कारोबार गर्नेले कति तिर्ने?

यसैगरी, एक पटकमा पाँच करोड रूपैयाँभन्दा बढी जतिसुकै रकमको कारोबार गर्ने व्यक्तिको हकमा इजाजत दस्तुर १० लाख रूपैयाँ तोकिएको छ।

काठमाडौं- सरकारले मालपोत नियमावली २०३६ को आठौँ संशोधन गर्दै घरजग्गा कारोबार गर्ने व्यक्ति वा संस्थाको हकमा इजाजत लिन र नवीकरणमा शुल्क तोकेको छ।

घरजग्गा कारोबार गर्नेले कम्पनी स्थापना गरेर मात्र गर्नुपर्ने छ। नियमावली संशोधन गर्दै एक पटकममा पाँच करोड रूपैयाँसम्मको कारोबार गर्ने व्यक्तिको हकमा इजाजत दस्तुर पाँच लाख रूपैयाँ तोकिएको छ।

यसैगरी, एक पटकमा पाँच करोड रूपैयाँभन्दा बढी जतिसुकै रकमको कारोबार गर्ने व्यक्तिको हकमा इजाजत दस्तुर १० लाख रूपैयाँ तोकिएको छ।

यसैगरी इजाजत नवीकरणमा ५ करोड रूपैयाँसम्मको कारोबार गर्नेको हकमा ४ लाख रूपैयाँ र पाँच करोड रूपैयाँभन्दा बढीको कारोबार गर्नेको हकमा इजाजत नवीकरण शुल्क ८ लाख तोकिएको छ।

नवीकरणको हकमा कम्पनी अद्यावधिकदेखि कर चुक्ताको प्रमाणपत्र अनिवार्यरुपमा पेस गर्नुपर्ने छ।

प्रकाशित : शुक्रबार, भदौ १३ २०८२११:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend