शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

चितवनका २५९ भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र प्रदान

शुक्रबार, भदौ १३ २०८२
चितवनका २५९ भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र प्रदान

भूमिहीन ४०० जनालाई प्रमाणपत्र वितरण गर्नेगरी काम भरहेको छ।

चितवन- यहाँस्थित भूमि समस्या समाधान आयोग जिल्ला समितिले जिल्लाका २५९ जना भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई  जग्गा धनी प्रमाणपत्र प्रदान गरेको छ।

आयोगका अध्यक्ष इमानसिंह मोक्तानका अनुसार रत्ननगर नगरपालिकाका १३० र भरतपुर महानगरपालिकाका १२९ जनालाई जग्गाधनी प्रमाणपत्र प्रदान गरिएको हो। आयोगमा ५१ हजार जनाले जग्गाधनी प्रमाणपत्रका लागि आवेदन गरेका छन्। एक व्यक्तिले पाँच पटकसम्म पनि आवेदन गरेका छन्।

भूमिहीन ४०० जनालाई प्रमाणपत्र वितरण गर्नेगरी काम भरहेको छ। हालसम्म १५० जनाको प्रमाणपत्र तयार भइसकेको छ भने आगामी असोजसम्ममा ४०० जनाको तयार गर्ने लक्ष्य अध्यक्ष मोक्तानले सनाए।

स्थानीय तहसँगको समन्वयमा आयोगले काम गरिरहेको छ। रासस


प्रकाशित : शुक्रबार, भदौ १३ २०८२११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend