शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

कालीगण्डकी करिडोर र रिडी-वामीटक्सार सडक अवरुद्ध

शुक्रबार, भदौ १३ २०८२
कालीगण्डकी करिडोर र रिडी-वामीटक्सार सडक अवरुद्ध

यसैगरी, बाढीका कारण गुल्मीको रिडी-वामीटक्सार सडकखण्ड पनि आज बिहानदेखि अवरुद्ध भएको छ।

गुल्मी- बाढीपहिरोले कालीगण्डकी करिडोर र रिडी-वामीटक्सार सडकखण्ड अवरुद्ध भएका छन्।

कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिका-२ राक्सेमा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यसैगरी, बाढीका कारण गुल्मीको रिडी-वामीटक्सार सडकखण्ड पनि आज बिहानदेखि अवरुद्ध भएको छ।

उक्त सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका-६ डहरे खोलाको बाढीले सडक पनि पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भूपेन्द्र थापाले राससलाई जानकारी दिए। लगातारको वर्षाले अवरुद्ध दुवै सडक बिहीवार साँझ एकतर्फी खुलेका थिए। 

उक्त क्षेत्रमा वर्षा जारी रहेकोे र सडक माथिबाट पहिरो खस्ने क्रम पनि नरोकिएकाले सडक सञ्चालन गर्न नसकिएको उनले बताए। सडक खुलाउन आवश्यक उपकरणसहित सुरक्षाकर्मी परिचालन भएका छन्। रासस


प्रकाशित : शुक्रबार, भदौ १३ २०८२१०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend