शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

विश्व बजारमा फैलिँदै हिमालयन जाभा, व्यवसाय विस्तारका लागि भित्र्यायो लगानीकर्ता

एनआईबीएल इक्विटी पार्टनर्सले किन्यो २८.८ प्रतिशत हिस्सेदारी

शुक्रबार, भदौ १३ २०८२
विश्व बजारमा फैलिँदै हिमालयन जाभा, व्यवसाय विस्तारका लागि भित्र्यायो लगानीकर्ता

सन् १९९९ मा स्थापना भएको कफी ब्रान्डले नेपालमा ७० भन्दा बढी आउटलेट, १८ हिमालयन जाभा एक्सप्रेस आउटलेट र दुईवटा उच्च श्रेणीको ग्यालरी बाई हिमालयन जाभा रहेका छन्।

काठमाडौं- नेपालकै चर्चित क्याफे चेन हिमालयन जाभाले नेपालभित्र र विदेशमा विस्तार गर्ने भएको छ। व्यवसाय विस्तारका लागि जाभाले लगानीकर्ता भित्र्याएको छ। 

जाभा एनआईबीएल इक्विटी पार्टनर्सले २८.८ प्रतिशत इक्विटी लगानी गरेको छ। यो लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

एनआईबीएल इक्विटी पार्टनर्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र हिमालयन जाभाको तर्फबाट संस्थापक गगन प्रधानले सम्झौतामा हस्ताक्षर गरेका छन्।

नेपाली ब्रान्ड र मौलिकतालाई विश्व बजारमा पुर्‍याउने र प्रवर्द्धन गर्ने उद्देश्यका साथ लगानी सम्झौता गरिएको सम्झौतापछिको जारी विज्ञप्तिमा उल्लेख छ।

पाँडेले यो लगानीले नेपाली व्यवसायलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न थप सक्षम र सबल बनाउने विश्वास व्यक्त  गरेका छन्।

जाभाका संस्थापक गगन प्रधानले एनआईबीएल इक्विटी पार्टनर्सको लगानीले वैश्विक बजारमा पुग्न थप आत्मबल प्राप्त भएको बताए।

यो साझेदारी तथा लगानीको मुख्य उद्देश्य नै हिमालयन जाभालाई विश्व बजारमा विस्तार गर्ने रहेको छ। जसको थालनी एसिया र अष्ट्रेलियाबाट हुनेछ। यसका साथै नेपालभित्र नयाँ आउटलेट सञ्चालनमा ल्याउन सहयोगसमेत पुग्नेछ। नेपाली ब्रान्डलाई विदेशसम्म लैजाने रणनीति अन्तर्गत एनआईबीएल इक्विटी पार्टनर्सले लगानी गरेको जनाएको छ।

सन् १९९९ मा स्थापना भएको कफी ब्रान्डले नेपालमा ७० भन्दा बढी आउटलेट, १८ हिमालयन जाभा एक्सप्रेस आउटलेट र दुईवटा उच्च श्रेणीको ग्यालरी बाई हिमालयन जाभा रहेका छन्।


प्रकाशित : शुक्रबार, भदौ १३ २०८२१०:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend