शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

शुक्रबार, भदौ १३ २०८२
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि सागसब्जी, फलफूल तथा अन्य कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ।

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि सागसब्जी, फलफूल तथा अन्य कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ।

समितिका अनुसार तरकारीमा नेपाली गोलभेँडा ठूलो प्रतिकिलो ८० रुपैयाँ, भारतीय गोलभेँडा ठूलो ८५ रुपैयाँ, सानो (लोकल) २५ रुपैयाँ र टनेलमा उत्पादन भएको सानो गोलभेँडा ३० रुपैयाँ कायम गरिएको छ। आलु रातो प्रतिकिलो ५३ रुपैयाँ, भारतीय आलु रातो ३० रुपैयाँ, मुडे आलु ४५ रुपैयाँ, आलु सेतो ४० रुपैयाँ तोकिएको छ।

प्याज (भारतीय) सुकेको प्रतिकिलो ४० रुपैयाँ, गाजर (लोकल) १२० रुपैयाँ, गाजर (तराई) १०० रुपैयाँ, बन्दा ४५ रुपैयाँ, काउली (लोकल) १०० रुपैयाँ र तराईको काउली ९० रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै, भन्टा लाम्चो प्रतिकिलो ४० रुपैयाँ, भन्टा डल्लो ५० रुपैयाँ, तने बोडी ६५ रुपैयाँ, मकै बोडी ८० रुपैयाँ, घिउसिमी (लोकल) १०० रुपैयाँ र हाइब्रिड घिउसिमी ८० रुपैयाँ छ। भटमास कोसा १२० रुपैयाँ, टाटे सिमी ९० रुपैयाँ, तीतो करेला ७० रुपैयाँ, लौका ६० रुपैयाँ, परवर (लोकल/तराई) ५० रुपैयाँ, चिचिण्डो ४० रुपैयाँ, घिरौँला ७० रुपैयाँ, झिगुनी ५५ रुपैयाँ, फर्सी पाकेको ५० रुपैयाँ र सलगम १०० रुपैयाँ कायम गरिएको छ।

सागसब्जीमा पालुङ्गो साग प्रतिकिलो १८० रुपैयाँ, रायो साग १४० रुपैयाँ, तोरीको साग ९० रुपैयाँ, जिरीको साग १०० रुपैयाँ, चमसुर ३०० रुपैयाँ, सेलरी ३२० रुपैयाँ, पुदिना १००० रुपैयाँ, पार्सले १३०० रुपैयाँ निर्धारण गरिएको छ।

फलफूलतर्फ स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फुजी) ३२० रुपैयाँ, केरा (दर्जन) १४५ रुपैयाँ, कागती १६० रुपैयाँ, अनार ३६० रुपैयाँ, सुन्तला (भारतीय) ३५० रुपैयाँ, जुनार २५० रुपैयाँ, तरबुजा हरियो ८० रुपैयाँ, मौसम्बी १६० रुपैयाँ, भुइँकटहर (गोटा) १६० रुपैयाँ, नास्पाती (लोकल) १०० रुपैयाँ, नास्पाती (चाइनिज) २५० रुपैयाँ, अम्बा २५० रुपैयाँ, किबी ४०० रुपैयाँ र आभोकाडो ३५० रुपैयाँ निर्धारण भएको छ।

मसला र अन्य कृषि उपजमा अदुवा प्रतिकिलो १२० रुपैयाँ, अमला १८० रुपैयाँ, हरियो खुर्सानी ६० रुपैयाँ, अकबरे खुर्सानी २३० रुपैयाँ, हरियो धनियाँ ३७५ रुपैयाँ, लसुन सुकेको (चाइनिज) २२० रुपैयाँ, लसुन (नेपाली) १६० रुपैयाँ, छ्यापी सुकेको २०० रुपैयाँ, हरियो छ्यापी १३० रुपैयाँ कायम गरिएको छ।

त्यस्तै, ताजा माछा (रहु) प्रतिकिलो ३५० रुपैयाँ, माछा (बचुवा) २८० रुपैयाँ, माछा (छडी) २५० रुपैयाँ निर्धारण भएको छ। राजा च्याउ ३०० रुपैयाँ, सिताके च्याउ १००० रुपैयाँ, डल्ले च्याउ ४२० रुपैयाँ र कन्य च्याउ १७० रुपैयाँमा उपलब्ध हुने समितिले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, भदौ १३ २०८२०७:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend